Monday, July 26, 2021

गजल

 आँखामै राखौँ जस्तै छौ,  घरमै डाकौँ जस्तै छौ

चाख्नलाई मिल्ने भए त खुसुक्क चाखौँ जस्तै छौ ।


काटेर दिन मिल्दैन,  साटेर लिन मिल्दैन, 

बाँड्नलाई मिल्ने भए त  थोरथोरै बाँडाैँ जस्तै छौ।


कसैले लान्छ होला कि भनेर लाग्छ सधैँ पिर, 

बाँध्नलाई मिल्ने भए त   हातैमा बाँधौँ जस्तै छौ। 


लेखेकै छैन सुन्दैछु,  चोटिलो गीत प्रीतिकाे,

नाँच्नलाई मिल्ने भए त बोकेरै नाँचौँ जस्तै छौ ।


चौबन्दी चोली सिउथ्यौ कि  जान्दिन आफू के गर्नू, 

नाप्नलाई मिल्ने भए त आफैँले नापौँ जस्तै छौ । 

(शिशिर भट्टराई, इलाम)

No comments:

Post a Comment

Thank you.

औपचारिकता भित्रको संवेदनाहीन समवेदना

  https://aajakokhabar.com/news/0803543424