शिशिर भट्टराई शिक्षण पेसासंगै साहित्यमा सकृय

इलाम : शिक्षण पेसामा आवद्ध रहेका शिशिर भट्टराई आफ्नो पेसा संगै गजल,कविता र समालोचना लेखनमा सक्रिय छन् ।
दमदार सिर्जना लेखन तथा बाचकको रूपमा परिचित उनी पूर्वी क्षेत्रका एक युवा सर्जकको रूपमा उदयमान मानिएका छन् ।
इलाम फाकफोकथुम-१,खाम्बाङ्ग निवासी भवानी प्रसाद भट्टराई र खगेश्वरी भट्टराईका कोखबाट करिब तिन दशक अघि जेठा सुपुत्रका रूपमा जन्मिएका उनी हाल इलाम माई नगरपालिका-९,चिसापानी स्थित जनता माध्यमिक विद्यालयमा माद्यामिक तह नेपाली भाषा शिक्षकको रूपमा कार्यरत छन् ।
नेपाली विषयमा स्नातकोत्तर (एमए,एमएड) तह सम्मको अध्यन पुरा गरेका उनले करिब सात वर्षदेखि शिक्षण पेसालाई आफ्नो जीवनको मुख्य पाटो बनाएका छन्।
उनको परिवार नै शिक्षण पेसामा संलग्न भएकाले हाल उनी पनि यही पेसा अनुशरण गरेको पाइन्छ ।
बुबाले शिक्षण पेसा गर्दा रचना गरेका गद्य शैलिका कविताबाट प्रभावित भइ हाल उनले साहित्यलाई रुचाएको र शिक्षण संगै साहित्य अध्यन र समय सापेक्ष साहित्य सिर्जना गरिरहेको उनको भनाइ छ ।
कैफियत(संयुक्त गजल सङ्ग्रह ),मधुवन,सहयात्रा जस्ता साहित्यिक कृति तथा पत्रिकाहरूको सम्पादन तथा विभिन्न पत्रिकाहरुमा फुटकर रचना र समीक्षाहरु प्रकाशन गरिसकेको उनले बताए ।
आगामी दिनमा गजल र कविता संग्रह प्रकाशन गर्ने सोचाइमा रहेको साथै आफ्ना जुम्ल्याहा भाइ बसन्त भट्टराईको सहकार्यमा शिक्षा सेवा आयोग तयारीका पाठ्यसामाग्री (माध्यमिक तथा निम्नमाध्यमिक नेपाली परीक्षा दीपन) समेत भर्खरै प्रकाशन गरिसकेका छन्।
मधुवन साहित्य प्रतिष्ठान नेपाल, इलाम गजल मञ्च,बुद्धि घिमिरे साहित्य प्रतिष्ठान (आजीवन सदस्य)आदि सहित्यिक संस्थाहरुमा आवद्ध भट्टराई गजल यात्रा २०६८ इलाममा उत्कृष्ट गजलकार साथै जिल्ला स्तरीय कविता तथा गजल गोष्टीहरुमा सम्मान सहित पुरस्कृत भइसकेका छन् ।
उनी भन्छन्, ‘साहित्य एउटा नशा हो , यो बिना नेपाली भाषा र संस्कृति अपांग भएको महसुस हुन्छ त्यसैले यस्को उचाई सम्म लम्कन जरुरी छ।’
उनका गजलका शेरहरु….
गजल
किन्नै लायक छैन वस्तु जुन त्यो हेरेर के हुन्छ र ?
घाटा हुन्छ भने सधैँ पसलमा बेचेर के हुन्छ र ?
छोडी देश तिमी गयौ सब उतै पोख्यौ कला कौशल,
छातीभित्र प्रगाढ देश ममता भेटेर के हुन्छ र ?
दोषी कर्म गरे कुनै समयले देखाउने नै छ है,
केहीबेर अगाडि घाम करले छेकेर के हुन्छ र ?
नेताको मनभित्र धर्म नभए बद्लिन्न यो देश नै,
नेपालीपनका सुशोभित लुगा बेरेर के हुन्छ र ?
माटाको रङ लेख्न सक्छ कसले ? लेख्नेहरू हो सुन,
सीमा त्यो मिचिँदैछ प्रेम कविता लेखेर के हुन्छ र ?
शिशिर भट्टराई, इलाम
https://www.nayabulanda.com/2020/11/04/51805?fb_comment_id=4834413643266936_4836554579719509
No comments:
Post a Comment
Thank you.